हेली एभरेष्टको हेलिकप्टर दुर्घटना
काठमाडौं । धौलागिरि बेस क्याम्प नजिकै हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना भएको छ । पोखराबाट सामान लिएर धौलागिरि बेस क्याम्प गएको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा परेकओ पाइलट सकुशल रहेको र उनलाई उद्धार गरेर ल्याउने प्रयास भइरहेको छ ।
हेलिकप्टर कार्गो लिएर गएको थियो र यसलाई पाइलट प्रिया अधिकारीले उडाउँदै थिइन् । हेलिकप्टरमा पाइलट अधिकारी एक्लै रहेको बताइएको छ । हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजिका लागि एयर डाइनेस्टीको अर्को हेलिकप्टर पठाइएको थियो ।
खोजिका लागि गएको हेलिकप्टरले हेलि एभरेष्टको हेलिकप्टरलाई दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment