अलौकिक सुन्दरतासंगै बलियो प्रतिरक्षा, एशियन पेन्ट्स नेपालको नयाँ उत्पादनहरु अब बजारमा

डिसी नेपाल
२७ चैत २०७९ १०:३५
104
Shares

काठमाडौँ। एसियन पेन्ट्सले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ।

हालै काठमाडौँमा आयोजना गरिएको एक समारोहमा २०० बढी डिलरहरुका माझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको हो। जसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्छ।

कम्पनीले अरु दुई उत्पादन रोयल प्ले समूहअन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ। यी रोयल प्ले समूहका उत्पादनहरुले चाहिँ घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने ग्राहकको सपनाहरु पूरा गरिदिन्छ।

सिलिकन शिल्डकोे एक जलप्रतिरोधक तत्व हो। जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ। यो इँटा, ढुंगा र क्ले टायलहरुका लागि अनुकूल छ। ग्राहकको घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ।

त्यसैगरी हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन हो। जुन प्लास्टर गरिएका भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लास्टर माथि लगाउन अत्यन्त उपयुक्त छ।

रोयल प्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध छ। अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले तपाईंको भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *