दुई कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

डिसी नेपाल
२९ चैत २०७९ १३:२९
808
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा मोलुंग हाइड्रोपावर कम्पनी र सगरमाथा जलबिद्युत कम्पनी रहेका छन्। यी दुईवटै कम्पनीको सेयर सूचिकृत भएसँगै सेयर कारोबारमा आउने भएको छ।

मोलुंग हाइड्रोपावरको ८० लाख २५ हजार कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो। उक्त सेयर सूचिकृत भएसँगै पहिलो कारोबारका लागि ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गरेको छ। यो कम्पनीको सेयर काराेबार गर्नका लागि एमएचसीएल (MHCL) संकेत प्रदान गरिएको छ।

त्यस्तै, सगरमाथा जलबिद्युतको १ करोड १२ लाख कित्ता आईपीओ सूचिकृत भएको छ। सेयर सूचिकृत भएसंगै पहिलो कारोबारका लागि १११.४१ रुपैयाँदेखि ३३४.२३ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। यो कम्पनीको सेयर काराेबार गर्नका लागि एसएमजेसी (SMJC) संकेत प्रदान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *