मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी २ जनाले पाए ११ कित्ता

डिसी नेपाल
२९ चैत २०७९ १४:३४
372
Shares

काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले काठमाडौँको कमलादीस्थित कार्यालयमा आज बुधबार दिउँसो १ः३० बजे आईपीओ बाँडफाँड भएको हो।

कम्पनीको उक्त आइपिओमा १३ लाख २५ हजार ८४७ आवेदकले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन परेका छन्। यस आइपिओमा माग भन्दा ११.०३ गुणा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट भएको हो। जसमा १ लाख ३३ हजार ७३० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। तिनै भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यो आईपीओमा करिब १२ लाख आवेदकको हात खाली भएको छ।

कम्पनीले गत चैत १९ गतेदेखि चैत २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *