विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्याेः राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ।
यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो।
केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तीय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ। अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment