लगानी बोर्डद्वारा ३ जलविद्युत आयोजना अघि बढाउने निर्णय, मल कारखाना खोलिने

डिसी नेपाल
३० चैत २०७९ १८:४७
204
Shares

काठमाडौं । नेपाल लगानी बोर्डले तल्लो अरुण, अपर मस्र्याङ्दी र दूध कोशी २ लगायतको आयोजनालाई अघि बढाउने निर्णय गरेको छ । यस्तै रासायनिक मल कारखाना निर्माणका लागि दुई वैदेशिक लगानीकर्ता कम्पनीलाई अनुमति दिने प्रक्रिया पनि अघि बढाउने भएको छ ।

बिहीबार बसेको लगानी बोर्डको बैठक पछि सञ्चारकर्मीसंग अर्थमन्त्री प्रकाशशरण महतले बैठकले मुलुकको विकासका लागि अति महत्वपूर्ण निर्णय गरेको बताए । उनले ठूलो आकारको लगानी देशी विदेशी लगानी बोर्डमार्फत हुने उल्लेख गर्दै उर्जा क्षेत्रलाई महत्व दिएको बताए । उनले तल्लो अरुण अपर मस्र्याङ्दी र दूध कोशी २ आयोजना अघि बढाउने निर्णय भएको बताए ।

उनले भने ‘सिमेन्टमा लगानी भएका आयोजना पनि उत्पादन गर्ने तहमा पुगेका छन् त्यस सम्बन्धमा पनि निर्णय भएको छ, रसायनिक मलको बिषय आम चासो र सरोकारको विषय बनेको छ । त्यसमा दुई वटा वैदेशिक लगानीकर्ताहरुलाई यसको विस्तृत अध्ययन गर्न अनुमति दिने निर्णय भएको छ । ’

अर्थमन्त्री महतले लगानी सम्मेलन गर्नेबारे पनि बैठकमा छलफल जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *