८० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
धनगढी। कञ्चनपुरबाट प्रहरीले जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ।
८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन्।
उनी शनिबार पक्राउ परेको प्रहरीले बताएको छ। क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment