कार्यविधि संशोधन गर्दै दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमति
काठमाडौं। नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन्।
कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो। प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि इजाजत प्रदान गरिने पर्यटनमन्त्रीले उल्लेख गर्नुभएको छ।
नेपालमा पाइलट उत्पादन गर्ने संस्था नहुँदा नेपालीले अहिले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पूरा गर्ने गर्छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment