५० वर्ष पुराना संरचनाबारे भारतसंग कुरा उठाउन ढिला नगर्न बिनोद चौधरीको आग्रह

डिसी नेपाल
५ वैशाख २०८० १६:५७
220
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य बिनोद चौधरीले नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार समस्यामा परेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं बिघा खेत डुबानमा पर्ने गरेको बताए ।

उनले भने ‘सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं बिघा खेत डुबानमा परेको छ । अर्बौको नाश हुन्छ । ’

भारत र नेपालका ५० वर्ष पुराना जीर्ण संरचनाहरुको पुननिर्माण गर्ने बारेमा पनि सोच्ने बेला भएको सांसद चौधरीको भनाइ थियो ।

उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस ’

सांसद चौधरीले सीमा क्षेत्रको समस्यालाई तत्काल सम्बोधन गर्ने गरे यस्ले दीर्घकालीन समस्या नल्याउने धारण पनि राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.