अस्मितालाई महिला अभिनेत्री अवार्ड

डिसी नेपाल
१० वैशाख २०८० १२:२३
380
Shares

काठमाडौँ। काठमाडौंमा शनिबार सम्पन्न ‘तेस्रो हिमालयन अन्तरराष्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार (रेलको बाटो २)’ गीतमा ‘महिला अभिनेत्री’ तर्फको अवार्ड जितेकी छन्। उनलाई नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले अवार्ड प्रदान गरेकी थिइन्।

सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको यो गीतमा अस्मिता र सुरजले नै अभिनय गरेका छन्। लक्ष्मण सुनार निर्देशित भिडियोमा कुलदीप अधिकारी अतिथी भूमिकामा छन्। भिडियोमा निशल पौडेलको छायांकन, मिलन विश्वकर्माको कलर, पदम सुवेदीको सम्पादन छ। अस्मिता लोकप्रिय गायिका र रेस्लर पनि हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *