सन्दीप लामिछाने बिरुद्धको मुद्दाको सुनवाई हुँदै
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ। नाबालिका माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो।
चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो।
गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो। सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment