बारा र चितवनको मतगणनास्थलमा तारजाली लगाइयो

डिसी नेपाल
११ वैशाख २०८० ९:४५
296
Shares

काठमाडौँ। चितवन-२ र बारा-२ को मतगणना तारजाली भित्र गरिने भएको छ। मतदानको क्रममा विवाद देखा परेका बारा-२ र चितवन-२ काे मतगणना तारजाली भित्र गर्न लागिएको हो।

आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणनास्थलमा तारजाली लगाएको छ। बाराकाे मतगणनास्थलमा बाँसले घेरेर तारजाली लगाइएकाे छ भने  चितवनमा फलामे घेराबन्दी गरिएकाे छ।

बारा-२ मा जनता समाजवादी पार्टी नेपालले धाँधली गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको थियो भने चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले हिजो बस्ने भनिएको सर्वदलीय बैठक अस्विकार गरेको थियो।

दुवै निर्वाचन क्षेत्रमा देखा परेको असामान्य स्थितिपछि मत गणनालाई सहज र व्यवस्थित बनाउन तारजाली लगाउनु परेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *