तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भट्टराई ५ हजारले पछाडि
तनहुँ। तनहुँमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछि परेका छन्।
जिल्ला समन्वय समितिको सभाहलमा जारी १६ हजार ३४२ मतगणना सम्पन्न हुँदा खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन्।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन्। यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ९५ मतले पछि परेका छन्।
बिहान ११ बजेसम्म भएको मतगणनामा भट्टराईले ३ हजार ८०३ मत मात्रै प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment