रवि लामिछानेले भने,`अब यो देश युवाले हाँक्छन्´

डिसी नेपाल
११ वैशाख २०८० १२:३०
904
Shares

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब देश युवाले हाँक्ने जनाएका छन्। लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ।

‘सोच्छु, ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ?’,  लामिछानेको निष्कर्ष छ, ‘अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं। व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।´

उनले अगाडी लेखेका छन्, ‘लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट  मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन्।´


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *