सिंहदबारमा तीन दलका शीर्ष नेताबीच छलफल जारी

डिसी नेपाल
११ वैशाख २०८० १६:०२
2.8k
Shares

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमा समसामयिक विषयमा भएको छलफल जारी छ । सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *