फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत केहि स्थानको जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तिका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र र अब छिट्टै नै जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
यसअघिको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरेको थियो। त्यस्तै बैठकले सशस्त्र प्रहरी बल नियमावली संशोधन गर्ने र जग्गा कित्ताकाटसम्बन्धी बिषयलाई अर्थ तथा प्रशासनिक समितिमा पठाउने निर्णय गरेको मन्त्री ज्वालले जानकारी दिए।
बैठकले कृषि मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी ऐनलाई सम्बन्धीत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको मन्त्री ज्वालाले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment