बारा-२ मा शिवचन्द्रले ह्वात्तै घटाए मतान्तर
बारा। बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले मतान्तर घटाएका छन्।
जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रतालाई निरन्तरता दिएका छन्।
उपेन्द्र यादवले २० हजार ४६३ मत ल्याएका छन् भने जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहले १७ हजार ७९८ मतका साथ पछ्याइ रहेका छन्।
यसअघि पाँच, चार र तीन हजार हुँदै कुशवाहले यादवसँगको मतान्तर २६ सय ६५ मा झारेका छन्। उक्त क्षेत्रमा अब २० हजार मत गणना गर्न बाँकी छ।
तेस्रो स्थानमा नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले छ हजार १२१ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल दुई हजार ४६६ मतका साथ चौंथो स्थानमा छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment