सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई तथा शुभकामना
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ बाट बिजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन्।
गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा-२ बाट बिजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन्।
‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं-२ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालवाट बधाई दिँदै भनेका छन्, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटीकोटी प्रणाम।’
बारा-२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए। जसपाका यादव २८ हजार ४१५ मतले बिजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे।







डिसी नेपाल








Facebook Comment