गण्डकीका मुख्यमन्त्री पाण्डेले आज शपथ लिँदै, मन्त्रीको भने छैन अझै टुंगो

डिसी नेपाल
१५ वैशाख २०८० ९:२४
152
Shares

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदैछन्।

नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिन लागेका हुन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहिवार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर, मुख्यमन्त्री पाण्डेसँग मन्त्रीहरुले पनि सपथ लिन्छन् कि लिनन् भन्ने अझै टुंगो भने लागेको छैन्।

यद्धपी, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन्।

उता, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै पद तथा गोपनीयताको सपथ लिँदैछन्।

प्रदेश प्रमुख अमिक शेरचनले वुटवलस्थित कार्यालयमा आज अपरान्ह अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ गराउँदै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *