चलचित्र ‘रोशनी’को नयाँ गीत ‘अधुरो छु म तिमी बिना’ सार्वजनिक
काठमाडौैं । चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्म ‘रोशनी’को गीत ‘अधुरो छु म तिमी बिना’ युटुबमार्फत रिलिज गरेको हो।
सार्वजनिक भएको फिल्मको गीतमा ओम सुनार र अन्जु पन्तको आवाजमा सजिएको छ भने शब्द संगीत ओमले नै गरेका छन्।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गरेका छन्।
गीत रिलिज भएपछि अभिनेत्री दाहाल निकै उत्साहित भएकी छन्। उनले फिल्म निकै राम्रो बनेको र यस फिल्मले आफुलाई उचाईमा पुर्याउन सहयोग गर्ने बताईन।
माया प्रेम र द्धन्दमा आधारित फिल्ममा कशिस र रमेशका अलवा नितल पल,सुरज राना,मेनुका गिरी लगायतको मुख्य भुमिका रहेको छ। फिल्मलाई अभिनेता रमेशले नै लेखेका हुन् भने निर्देशन खुब बहादुर सुनार रहेका छन्।
सम्पादन गौतमराज खड्का,एक्सन गोपाल परियार र बीर मास्टर र डिओपी अर्नुन कुमार सुनार रहेका छन्। यस फिल्ममा अर्जुन पोखेरको संगीत,डाक्टर कृष्ण हरि बरालको शब्द रचना समेत रहेको छ। फिल्ममा लगानी रमेश अब्जु,मिलन कुमार भारी,अजय अब्जु रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment