संघीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
धनुषा। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताएका छन्।
जनकपुरधाममा आज समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने स्थिति नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्नेसमेत बताए। चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टी समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवश्यक रहेको उनको भनाइ थियो।
अध्यक्ष नेपालले अब ७० लागेका नेता आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयं आफूलगायत त्यस्ता सम्पूर्ण नेतालाई पुस्तान्तरणका लागि आह्वान गरे।
उनले समाजवादी मोर्चाका लागि पनि अब पहल सुरु हुने बताए। माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत कुराकानी भइरहेको बताउँदै उनले कम्युनिष्ट आन्दोलन बचाउन मोर्चा गरिने जानकारी गराए।







डिसी नेपाल








Facebook Comment