नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने सांसद सुमना श्रेष्ठको प्रस्ताव

डिसी नेपाल
१५ वैशाख २०८० १५:३६
304
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेकी छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वैदेशिक हस्तक्षेप रोक्ने कंक्रिट प्रस्ताव भन्दै नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने बताएकी हुन् ।

यसले नेपालको विदेश नीतिमा दलीय एकमत रहेको मित्रराष्ट्रहरुले पनि अनुभूति गर्ने भन्दै उनले भ्रमणपछि भ्रमणमा के के भए भन्ने विषय पनि सदनलाई जानकारी गराउनुपर्ने बताइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *