सरोज अधिकारीको निर्देशनमा नयाँ म्युजिक भिडियो ‘पानी पानी’ सार्वजनिक
काठमाडौं । सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशनमा नयाँ म्युजिक भिडियो ‘पानी पानी’ सार्वजनिक भएको छ। निर्देशन सँगसँगै अधिकारीले भिडिओमा पनि अभिनय गरेका छन।
निर्देशकीय पक्ष समालेका अधिकारी डान्सर, मोडल तथा कोरियोग्राफर पनि हुन्। अधिकारीसहित भिडिओमा कलाकार आस्मा विश्वकर्मा र करिष्मा श्रेष्ठ फिचर्ड छन।
शुक्रबार नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडिओलाई आस्मा विश्वकर्मा आफैले कोरियोग्राफी गरेकी हुन। भिडिओमा त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ। अधिकारीले भिडिओको अन्तमा ट्विस्ट थपिदिएका छन जसले भिडिओलाई थप रोमाञ्चक बनाएको छ।
सार्वजनिक गीतमा गायक समिर आचार्य र गायिका एलिना चौहानले स्वर दिएका छन। आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलले संगीत भरेका छन। भिडिओमा तौवा क्रिएसनको पोष्टर डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र पवन सुस्लिङको सिनेमाटोग्राफी रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment