प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

डिसी नेपाल
१७ वैशाख २०८० १०:०१
1.4k
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चितवन-२ बाट भारी मतान्तरले विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

निर्वाचित भएपछि पहिलो पटक बालुवाटार पुगेका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाइ दिएका थिए।

निर्वाचित भए लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने सक्ने अभिव्यक्ति दिएका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले केही दिन अघि फोन गरेर सो विषयमा चासो राखेका थिए।

सरकारले जनहितमा प्रभावकारी काम गर्न नसकेको भन्दै रास्वपाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने मत बलियो छ।

आजको भेटवार्तामा सो विषयमा पनि छलफल भएको बताइएको छ। रास्वापाले सोमबार केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ।

सो बैठकले लामिछानेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्दैछ। त्यसका लागि संसदीय दलका नेतासमेत रहेका उपसभापति डिपी अर्यालले शनिबार दलको नेताबाट राजीनामा दिएका थिए।

सोमबार बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा पनि निर्णय गर्ने बताइएको छ।

यसैबीच नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ।

‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ। मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन। एजेन्डासहित पठाएको हो। अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ। त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रबार सपथ पछि लामिछानेले भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.