राष्ट्रपति पौडेल भारतमा नि:शुल्क उपचारपछि आज स्वदेश फर्किँदै
काठमाडौं। स्थास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्।
आज बेलुका आठ बजे नेपाल एअर लाइन्सको नियमित उडानबाट स्वदेश फर्किने राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेलले जानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल श्री एअरकाे एअर एम्बुलेन्सबाट वैशाख ६ गते बुधबार भारतको नयाँ दिल्ली गएका थिए। स्वास्थयमा सुधार भएपछि राष्ट्रपति आजै डिस्चार्ज भएका थिए। डिस्चार्ज भएकै दिन राष्ट्रपति पौडेल स्वदेश फर्किन लागेका हुन्।
शितल निवास स्रोतका अनुसार दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान अस्पताल (एम्स) मा राष्ट्रपति पौडेलेको निशुल्क उपचार गरिएको थियो।
राष्ट्रपति पौडेल अस्पताल भर्ना भएपछि भारतीय विदेश सचिव विनयमोहन क्वात्रा अस्पताल पुगेर राष्ट्रपतिको निशुल्क उपचारको व्यवस्था मिलाएको शितल निवास स्रोतले जनाएको छ।
राष्ट्रपतिको उपचार खर्चलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला शितल निवासले राष्ट्रपति पौडेलकोे उपचार भारतमा निशुल्क भएको जनाएको हो।
छातीमा जमेको पानीमा संक्रमण देखा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा त्रिभुवन विश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए।
Facebook Comment