संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस

डिसी नेपाल
१७ वैशाख २०८० १८:३४
92
Shares

काठमाडौं। संघीय संसद सचिवालयको रिक्त दुई सचिव पदमा पद्मप्रसाद पाण्डेय र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष पाण्डेय र अर्यालको नाम रिक्त सचिव पदमा सिफारिस गरेका हुन्।

प्रतिनिधिसभा सचिवमा नायव महान्यायाधीवक्ता पाण्डेय र राष्ट्रिय सभा सचिवमा सहसचिव अर्यालको नाम सिफारिस गरिएको हो।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएपछि रिक्त उक्त पदमा पाण्डेय र आचार्यको नाम सिफारिस गरिएको हो। अब राष्ट्रपतिले उनीहरुको नाम स्वीकृत गरेपछि नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *