अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री

डिसी नेपाल
१८ वैशाख २०८० १३:३९
1.2k
Shares

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन्।

चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन्।

उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैयाँ दिइनेछ। माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताए।

तर, उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *