पाकिस्तानमा इमरान खानलाई र्याली गर्न अनुमति, बोल्न प्रतिबन्ध
काठमाडौं । पाकिस्तानमा इमरान खानको पार्टीले लाहोरमा र्याली निकाल्न सशर्त अनुमति पाएको छ ।
पाकिस्तान तहरीक-ए-इन्साफले लाहोरको लिबर्टी चोकदेखि नासिर बाग क्षेत्रसम्म र्याली निकाल्न सक्नेछ। तर, नेताहरूलाई पाकिस्तानको न्यायपालिका र संस्थाहरूविरुद्ध बोल्न दिइने छैन।
लाहोरकी उपायुक्त राफिया हैदरले पार्टीबाट शपथ पत्र लिएर र्यालीका लागि अनुमति दिएकी हुन् ।
साँझ ६ बजेसम्म मात्रै र्याली निकालिने र बाटोमा स्वागतका लागि शिविर नबस्ने प्रशासनले जनाएको छ ।
र्यालीका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुगे त्यसको जिम्मेवारी पार्टीको हुने प्रशासनले जनाएको छ । र्यालीको सुरक्षाको जिम्मा पनि र्याली व्यवस्थापनको हुनेछ ।
र्यालीमा सहभागी व्यक्तिले हतियार वा लाठी साथमा ल्याउन नपाउने पनि प्रशासनले जनाएको छ ।
यसअघि पाकिस्तानको निर्वाचन आयोगले पीटीआईलाई र्याली रद्द गर्न निर्देशन दिएको थियो।
यसैबीच, सावधानीका रूपमा राजधानी इस्लामाबादमा धारा १४४ लागू गरिएको छ। इस्लामाबादको सीमाभित्र कुनै पनि सभा, जुलुस वा र्यालीलाई अनुमति छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment