प्रधानमन्त्री प्रचण्डले दिए एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप उपाधि विधेता नेपाली टिमलाई बधाई दिएका छन्।
एसीसी प्रिमियर कप उपाधि भिडन्तमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ। जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ। सोही नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन्।
‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।
देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिँदै प्रधानमन्त्रीले भनेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment