अमेरिकाको फर्स्ट रिपब्लिक बैंक पनि डुब्यो, जेपी मोर्गन चेसले किन्यो

डिसी नेपाल
१९ वैशाख २०८० १५:२०
708
Shares

काठमाडौं । जेपी मोर्गन चेसले वित्तीय संकटमा फसेको अमेरिकी बैंक फर्स्ट रिपब्लिकको नियन्त्रण लिनेछ। यो सम्झौता नियामकहरूले गरेको हो।

संघीय निक्षेप बीमा निगम (एफडीआइसी) ले एक विज्ञप्तिमा यो पुष्टि गरेको छ। फर्स्ट रिपब्लिक बैंक सोमबार टाट पल्टिएको घोषणा भएको छ।

फर्स्ट रिपब्लिक बैंकको सबै निक्षेपहरू र धेरैजसो सम्पत्तिहरू अब जेपी मोर्गन चेसद्वारा नियन्त्रित हुनेछन्।

पछिल्लो दुई महिनामा अमेरिकामा टाट पल्टिने यो तेस्रो बैंक हो। जसका कारण बैंकिङ क्षेत्र ठुलो संकटमा फस्ने सम्भावना छ ।

फर्स्ट रिपब्लिक बैंक भन्दा पहिले सिलिकन भ्याली र सिग्नेचर बैंक पनि यसै वर्ष मार्चमा टाट पल्टिइसकेका छन् । फर्स्ट रिपब्लिक बैंकमा समस्या त्यही बेला सुरु भयो।

यस बैंकको मुख्यालय सान फ्रान्सिस्कोमा छ। बैंकले गत मार्चमा आफ्ना ग्राहकले १०० अर्ब डलरभन्दा बढी रकम निकालेको स्वीकार गरेको थियो ।

त्यसपछि गत साता बैंकको सेयर ७५ प्रतिशतभन्दा बढीले घटेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *