कैदीको मृत्युपछि इजरायलमा तनाव बढ्यो, गाजा पट्टीमा बम विष्फोट
काठमाडौं । प्यालेस्टाइन क्षेत्रबाट मङ्गलबार इजरायली भूमिमा रकेट प्रहार गरेपछि इजरायली वायुसेनाले गाजा पट्टीमा अतिवादी स्थानहरूमा हवाई आक्रमण गरिरहेको छ।
इजरायली सेनाका अनुसार यी हवाई आक्रमणमा गाजा प्रशासन सञ्चालन गर्ने प्यालेस्टिनी संगठन हमासलाई निशाना बनाइएको छ । इजरायली सेनाका अनुसार हमासका हतियार भण्डार र तालिम केन्द्रमा बम विष्फोट भइरहेको छ ।
यो पछिल्लो तनाव इजरायलको हिरासतमा एक प्रसिद्ध प्यालेस्टिनी कैदीको मृत्युपछि सुरु भएको हो। प्यालेस्टाइन कैदी कादर अदनान भोक हडतालमा थिए। उनको सोमबार निधन भएको हो ।
कादर अदनानको मृत्युपछि प्यालेस्टिनी क्षेत्रमा क्रोधको लहर छ । बुधबार बिहान दक्षिणी इजरायलमा चेतावनी साइरन सुनियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment