पूर्व मन्त्री रायमाझीका छोरालाई काठमाडौँ ल्याइयो, केही बेरमा अदालत लगिँदै

डिसी नेपाल
२१ वैशाख २०८० ११:००
708
Shares

काठमाडौँ। पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ। नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भुमिका खेलेको आरोपमा भैरहवामा बुधबार पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याइएको हो ।

काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौँ ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौँमा पेश गरेर अनुसन्धानका लागि म्याद लिइनेछ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन्। हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ।

आठ सय ७५ युवासँग रकम उठाएको आरोपमा मुछिएपछि सन्दीपका पिता टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *