जेठ १२ गतेबाट प्रदर्शनमा आउने ‘टुल्की’ को पोस्टर सार्वजनिक

डिसी नेपाल
२१ वैशाख २०८० १२:४२
208
Shares

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिईएको छ।

‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यसै साता गीत र ट्रेलर सार्वजनिक गर्न लागिएको चलचित्रका निर्माता शेखर लामाले जानकारी दिए।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो। चलचित्र निर्देशन देव थापा, छायांकन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन्।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन्। बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ। चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व संगीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ।

उक्त चलचित्रमा शिशिर बांदेल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रलाई डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *