रोहिंग्या शरणार्थी स्वदेश फर्कने आशामा, बंगलादेशबाट टोली म्यानमार जाने
काठमाडौं । बंगलादेशका अधिकारीहरूले रोहिंग्या शरणार्थीहरूको एक प्रतिनिधिमण्डलले यसै हप्ता म्यानमारको भ्रमण गर्ने बताएका छन्।
विज्ञहरूले यो कदमलाई रोहिंग्या शरणार्थीहरूलाई स्वदेश फर्काउने प्रयासका रूपमा लिनुपर्ने बताएका छन्।
करिब २० रोहिंग्या शरणार्थीको एउटा समूह शुक्रबार प्रस्थान गर्ने बीबीसीलाई एक वरिष्ठ अधिकारीले बताए ।
यस भ्रमणमा उनीहरूले सीमापारबाट फर्किएका शरणार्थीका लागि कस्तो व्यवस्था गरिएको छ भन्ने कुरा पनि हेर्नेछन् ।
दक्षिणपूर्वी बंगलादेशको भीडभाडयुक्त शरणार्थी शिविरमा करिब १० लाख रोहिंग्या मानिस बस्छन्।
म्यानमारको सैन्य सरकारको कारबाहीपछि उनीहरुमध्ये अधिकांश सन् २०१७ मा आफ्नो देश छोड्न बाध्य भएका थिए।
रोहिंग्या शरणार्थी फिर्ताका लागि दुई देशबीच वार्ता भइरहेको छ तर अहिलेसम्म यस विषयमा खासै प्रगति भएको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment