सलमानको ‘किसीका भाइ किसीका जान’ले अहिलेसम्म कति कमायो ?
मुम्बइ। ईदको अवसरमा सलमान खानले फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज गरेर फ्यानहरुलाई उपहार दिएका थिए। तर, फ्यानले त्यो उपहार मन पराएको देखिँदैन।
यो फिल्मले सय करोड त कमाएको छ तर यो फिल्मले कम्तिमा १५० करोड कमाउने अपेक्षा गरिएको थियो। हामीले यो भनिरहेका होइनौं, तर फिल्मको दोस्रो हप्ताको कलेक्शन दिन प्रतिदिन घट्दै गएको छ। योसँगै १४ औं दिन पनि फिल्मले खासै कमाई गर्न सकेको छैन।
आउनुहोस्, फिल्मले १४ दिनमा कति कमाइ गरेको छ।
बक्स अफिस ट्रयाकर सचनिकका अनुसार सलमान खानको मल्टिस्टार फिल्मले १४ औं दिनमा १.१० करोड कमाएको छ। जबकि फिल्मको कुल कमाई १०६.०७ करोड पुगेको छ । १४ दिनको कमाईको कुरा गर्दा पहिलो दिन १३.५ करोड, दोस्रो दिन २५.७५ करोड, तेस्रो दिन २६.६१ करोड, चौथो दिन १०.१७ करोड, पाँचौं दिन ६.१२ करोड, पाँचौं दिन ४.५ करोड कमाएको छ।
छैटौं दिन ४.५ करोड, सातौं दिन ३.५ करोड, आठौँ दिन २.३५ करोड, नवौँ दिन ३.३ करोड, दशौँ दिन ४.३५ करोड, ११औं दिन २.५० करोड र १२औं दिन करिब १.५० करोड कमाएको छ। फिल्मले १३ औं दिनमा १.१७ करोड कमाएको छ।
कुल ८० करोडको बजेटमा बनेको सलमान खानको ‘किसी का भाई किसकी जान’ मा पूजा हेगडे, वेंकटेश दग्गुबाती, जगपति बाबु, जस्सी गिल, राघव जुयाल, सिद्धार्थ निगम, शहनाज गिल, भूमिका चावला, विजेंदर सिंह र पलक तिवारी लगायतका कलाकार रहेका छन्।
यसै सन्दर्भमा सलमान खान चाँडै नै टाइगर–३ ल्याउन लागेका छन्, जसको लागि उनका फ्यानहरू उत्सुक छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment