आजदेखि काठमाडौ महानगरपालिकाले अब्यबस्थित तार हटाउने
काठमाडौं। आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काटने कार्यको सुरु गरिँदैछ।
महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो।
आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment