दार्चुला हिमपहिरोः बेपत्ता थप एकजनाको शव फेला
फाइल फाेटाे।
खलङ्गा। दार्चुलाको व्यास गाउँपालिका–१ मा यही वैशाख १९ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।
पहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए ।
यसअघि बेपत्ता पाँच जनामध्ये तीन जनाको शव फेला परिसकेको छ । “अझै एकजना बेपत्ता छन्, उनको खोजी कार्य जारी छ”, उनले भने।
हिमपहिरोमा परी बेपत्ता दार्चुलाको दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया क्षिमिसोमो थापाको शव फेला परेको थियो ।
डोटीको जोरायल–२ की ४५ वर्षीया नक्की डोमा थापा अझै बेपत्ता छिन् । पाँचै जना यार्सागुम्बा सङ्कलनका लागि सो क्षेत्रमा गएका थिए । दार्चुला तथा अन्य जिल्लाबाट यार्सागुम्बा सङ्कलनका लागि बर्सेनी सर्वसाधारण यहाँ आउने गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment