एमाले पूर्वसांसद सुर्य पाठकको टोपबहादुर इंगित टिप्पणीः ‘फरारको अर्थ अपराध स्विकार गर्नु हो’

डिसी नेपाल
२६ वैशाख २०८० १०:५६
1.5k
Shares

काठमाडौं। नेकपा एमालेका पूर्व सांसद सुर्य पाठकले पार्टी सचिव टोपबहादुर रायमाझीको बिरुद्धमा फायर खोलेका छन् ।

उनले एक दुई जना नेताले गरेको गलत कार्यको प्रश्न लाखौं कार्यकर्ताले बोक्न नसक्ने पनि जनाएका छन् ।

‘फरारको अर्थ अपराध स्विकार गरेको अर्थ हो, यो जसले पनि बुझ्ने कुरा हो, गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनु पर्थ्यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘१,२ जना नेताले गरेको गलत कुराको प्रश्नको भारी लाखौं एमाले कार्यकर्ताले बोक्न सक्दैनन, सुशासनको मामलामा कुनै इफ र बटले काम गर्दैन ।’

नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ पुर्जी जारी गरिए पछि एमाले सचिव रायमाझी फरार भए पछि उनको यो टिप्पणी आएको हो ।
 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *