देश छोडेर भागेको हल्ला चलेपछि आरजूले पोस्ट गरिन् हेटौंडामा मार्ट उद्घाटन गरेको फोटो

डिसी नेपाल
२९ वैशाख २०८० १०:२६
3.9k
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवा देश छोडेर भागेको हल्ला चल्यो।

सामाजिक संजालमा आरजू भारत हुँदै तेस्रो मुलुक भागेको हल्ला चलेपछि आरजू देउवाले हेटौंडाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्। उनले हिजो हेटौंडामा स्वदेशी मार्टको उद्घाटन गर्दै गरेको फोटो समाजिक संजाल फेसबुकमा पोस्ट गरेकी हुन्।

आरजूले उक्त फोटो पोस्ट गर्दै आफू नेपालमै रहेको जानकारी दिन खोजेकी छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजूको नाम पनि मुछिएको छ। एक अडियोमा पीडितले आरजू देउवा र मञ्जु खाँणलाई पैसा बुझाएको दाबी गरिएको छ।

उक्त अडियोको वैज्ञानिक जाँच भइरहेको प्रहरीले जनाएको छ। बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसभित्र तरंग उत्पन्न भएको छ। सोही विषयलाई आधार बनाएर आरजू भारत हुँदै सिंगापुर भागेको हल्ला चलेको थियो।

तर आरजूले आफू नेपालमै रहेको पुष्टि हुने गरि बिहीबार हेटौंडामा रहेको स्वदेशी मार्टको उद्घाटन गर्दै गरेको फोटो सामाजिक संजालमा पोस्ट गरेकी हुन्।

सभापति देउवाका स्वकिय सचिव भानु देउवाले आरजु काठमाडौ निवासमै रहेको डिसी नेपाललाई जानकारी दिए । अहिले सामाजिक सञ्जालमा तेस्रो मुलुक गएको भन्ने हल्ला निराधार भएको उनको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *