जापानमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

डिसी नेपाल
३ जेठ २०८० ७:४६
31.4k
Shares

काठमाडौं। जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो।

जापानी सञ्चारमाध्यमका अनुसार गत मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन्। थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन्।

जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु हुन पुग्यो। बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो।

एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। उक्त बसमा चालक दलका सदस्य सहित ४० जना थिए, जसमा दुई नेपालीसहित तीनजनाले ज्यान गुमाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *