सुनिलको ‘मोर सजना’मा विकाश र अलिशाको रोमान्स
काठमाडौँ। गायक सुनिल दवाडी र गायिका अनु चौधरीको स्वर रहेको ‘मोर सजना’ बोलको गीतको भिडियो रिलिज भएको छ। उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी इन्डियाको मिक्सिङ तथा मास्टरिङ रहेको छ।
दुई फरक संस्कृतिका प्रेमी प्रेमीकाबीचको रमाइलो प्रेम कथामा आधारित भएर तयार भएको मोर सजनामा मोडल विकाश चौहान र अलिशा बास्तोलाको अभिनय रहेको छ। भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका हुन्।
भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ। सार्वजनिक गीत मोर सजना इञ्जिनियरिगं पेशामा आवद्ध गायक दवाडीको आफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा आएको हो। सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment