हाइफ्रोफाइलका व्यक्तिकाे योजना र मिलेमतोको आधार भेटिएन
खाँण र पाण्डे ठगीमा संगल्न भएकाे प्रमाण नभेटिएकाे प्रहरी दाबी
काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गरिएको प्रपञ्चमा हाइफ्रोफाइलकै व्यक्तिहरुको योजना र मिलेमतो भएपनि प्रमाणित गर्ने प्रयाप्त आधार भेटिएको छैन।
नीतिगत निर्णयमा पहुँच राख्ने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजालले कार्यदल बनाउने र सो कार्यदलको कार्यान्वयन तहसम्म पुर्याउन काम गरेको भएपनि कागजी प्रमाण कुनै पनि फेला परेको छैन।
त्यसैगरी कार्यान्वयन गर्ने पूर्व गृहसचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री बालकृष्ण खाँणको हकमा पनि झापा जिल्लालाई पत्रचार गरेको र २०७८ पुस ३० गते बालकृण्ण पन्थी संयोजक रहेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको त्यसबाहेक ठगीका अन्य प्रमाणहरु अप्रयाप्त रहेको अनुसन्धान अधिकृतहरुले बताएका छन्।
उनीहरुको सम्बन्धमा प्रयाप्त प्रमाण नभेटिएपछि प्रहरी कार्यालयमा पुनः अनुसन्धान गर्ने बाटो राख्नलाई पुरक निवेदन परेको छ। सोही अनुसार प्रहरीले ६० दिनको हदम्यादभित्र मुद्दा बुझाएपनि हाइप्रोइफाइल नेताहरुकको मुद्दामा पुन: अनुसन्धान गर्ने बाटो रही रहनेछ।
नक्कली भूटानी ठगी प्रकरणको मुद्दालाई प्रहरीले सकेसम्म शुक्रबार नै सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको भएपनि सकिने आधार नभेटिएको र त्यसलाई आइतबारसम्म लम्ब्याउन सकिने प्रहरी अधिकारीहरुको दावी छ।
त्यसका लागि प्रहरीले सकेसम्म बिहीबार राति नै प्रतिवेदन तयार पार्ने र बिहीबार नै पक्राउ परेका दुई व्यक्तिसँग राति नै बयान लिएर मुद्दा बुझाउने तयारी थालेको थियो।
तर टेकनाथ रिजालको बयान बाँकी रहेको प्रहरी कार्यालयले जनाएको छ। ‘सकेसम्म हामी शुक्रबार (आज) नै मुद्दा सरकारी वकिलको कार्यालयलाई दिनेछौं’ परिसर स्रोतले भन्यो।
प्रहरीले आफ्नो प्रतिवदनमा ठगी, सरकारी कीर्ते, संगठित अपराध र ‘राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने’, भ्रष्टचार लगायतका कसुरमा मुद्दा चलाउन सिफारिस उल्लेख गर्ने तयारी भएको गरेको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने उल्लेख छ। प्रहरीले सो को उपदफा २ (क)मा उल्लेख भएको ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवी उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फेलाउने’ कसूरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ। उक्त कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
प्रहरीले सो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् भने अन्य १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। अहिले अनुसन्धान प्रतिवेदनमा यिनैलाई मात्र मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको छ।
‘अरु कोही संलग्न भएको प्रमाण उपलब्ध भएका बखत पुनः अनुसन्धन गरेर मुद्दा दरत गर्ने गरी प्रतिवेदन बुझाउँदै छौँ’, एक अधिकारीले भने। अहिलेसम्म प्रहरीले १६ जना पक्राउ गरेको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले चैत ११ गते पहिलोपटक तीनजनालाई पक्राउ गरेको थियो।
संगठित अपराधका मुद्दामा प्रहरीले हिरासतमा राखेर ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ। सो अवधिमा प्रहरीले सरकारी वकिल कार्यालय हुँदै अदालतमा मुद्दा पुर्याउनुपर्छ।
नीतिगत निर्णयमा पहुँच राख्ने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजालले कार्यदल बनाउने र सो कार्यदलको कार्यान्वयन तहसम्म पुर्याउन काम गरेको भएपनि कागजी प्रमाण कुनै पनि फेला परेको छैन।
पक्राउ पर्नेमा सुरुमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ थिए।
त्यसको तीन दिनपछि मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई, दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए। वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि भने सो घटनाले निकै चर्चा पाएको थियो।
राई पक्राउ परेको भोलिपल्ट वैशाख २० गते नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए। एमाले सचिव (निलम्बित) एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भयो। त्यसपछि वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा सन्दीप पक्राउ परे। छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे।
वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परे। वैशाख २७ गते बिहान काठमाडौंको मैजुबहालबाट पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परे।
खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि सोही दिन पक्राउ परे। ११ दिन फरार रहेका टोपबहादु रायमाझी वैशाख ३१ गते काठमाडौंबाट पक्राउ परे। सोमबार कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले आत्मसमर्पण गरे।
त्यसपछि बिहीबार विहान र साँझ गरी हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भूटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परे। अहिले यस प्रकरणमा १६ जना हिरासतमा छन्। इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापा बालदका छोरा प्रतीक भने फरार छन्।







डिसी नेपाल








Facebook Comment