हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीले २२ जेठदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। अर्थात् कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयर निष्कासन गर्न लागेको हो।
यसअनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले २७ वैशाखमा बुकक्लोज गरेको थियो।
यसअनुसार २६ वैशाखसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा १० असारसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment