विष्णु रिमालको टिप्पणीको प्रतिवाद गर्दै साम्पाङले भने- मसँग भेट्न रेविजको उपचार गरेर आउ
काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव विष्णु रिमालको टिप्पणीमाथि हर्क साम्पाङले जवाफ दिएका छन् । शनिबार एक कार्यक्रममा एमाले नेता रिमालले धरान उपमहानगरका मेयर साम्पाङलाई पागलको संज्ञा दिएका थिए ।
उनले रिमालको टिप्पणीको सामाजिक सञ्जालमार्फत प्रतिवाद गर्दै फेसबुकमा लाइक कमेण्टको खडेरी परेकालाई सहयोग गर्न तयार रहेको बताएका छन् ।उनले लेखेका छन्, ‘लाइक कमेण्टको खडेरीले दिमागी हालत बिग्रेकोलाई सहयोगका लागि तयार यी मनुवालाई मसँग फोटो खिचेर लाइक बढाउन मन भए १० मिनेटको समय दिन सक्छु।’
मेयर साम्पाङले एमाले नेता रिमालको मानसिक अवस्था ठिक नभएको टिप्पणी गर्दै आफूलाई भेट गर्नु पहिले रेविजको उपचार गर्न सुझाएका छन्। उनले अगाडि लेखेका छन्,‘तर मसित भेट्नु पहिले रेविज टेसट गर्नुहोला दिमागी हालत ठिक छैन जस्तो छ ।’
शनिबार नेता रिमालले एक कार्यक्रममा सामाजिक सञ्जालको बारेमा चर्चा गर्दै एमालेका कार्यकर्ताहरुले सामाजिक सञ्जालको प्रयोगमा सक्रियता बढाउनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । उनले धरानका मेयर साम्पाङ लगायत अन्यको उदाहरण दिँदै सामाजिक सञ्जालको प्रयोगमा व्यापकता दिन आग्रह गरेका थिए ।
नेता कार्यकर्ताले सामाजिक सञ्जालको पहुँच बढाउनुपर्ने उनको भनाइ थियो । उनले भनेका थिए, ‘धरानतिरको एउटा बौलाहा टाइपको मेयर छ। काम त राम्रै गरेको होला । धरान बाहिर पपुलर छ तर धरानमा छ कि छैन । थाहा भएन । उसको फेसबुकमा पचास हजारले लाइक गरिराको हुन्छ ।’







डिसी नेपाल








Facebook Comment