बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिनेछः कृषिमन्त्री भुसाल
अर्घाखाँची। कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन्।
नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै बाँझो जमिनमा एकल खेती नभई सामूहिक तवरको खेती गरिने जानकारी दिए।
पहिले जस्तो गोरुले जोतेर कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायिकीकरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उनले बताए।
मन्त्री भुसालले भने, “पहिले खाद्यान्न निर्यात गथ्र्यांै, अहिले खाद्यान्न आयात गर्छांै । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो । तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायिकीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ ।”
कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने उनको भनाइ थियो । उनले यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment