सिटाडेल सिरिजमा सामन्था र वरुणको अन्तरंग दृश्य
मुम्बई। दक्षिण भारतीय फिल्मकी अभिनेत्री सामन्था रुथ प्रभु नयाँ वेब सिरिज ‘सिटाडेल’मा अभिनेता वरुण धवनका साथ देखिँदैछिन्। केही दिनअघि सामन्थाले आफ्नो सामाजिक सञ्जालमा वरुणसँग आफूले स्क्रिन सेयर गर्न लागेको उल्लेख गरेकी थिइन्।
यो एक साइन्स फिक्सन सिरिज हो। राज एण्ड डीकेले निर्देशन गरेको यो सिरिज प्रियंका चोपडा र रिचर्ड मेडेनद्वारा अभिनित अमेरिकी सिरिज ‘सिटाडेल’ जस्तै हुनेछ। केही समयअघि वरुण र सामन्था यसको यूके प्रिमियरका लागि लण्डन गएका थिए।
सिरिजसँग जोडिएको पछिल्लो खबर अनुसार सिरिजमा सामन्था र वरुणको अन्तरंग दृश्य राखिएको छ। अमेरिकी सिरिजजस्तै भारतीय सिरिजमा पनि सामन्था र वरुणका केही अन्तरंग दृश्य रहनेछन्। स्क्रिप्टका लागि महत्वपूर्ण दृश्य भएकाले सामन्थाले शर्तसहित वरुणसँग अन्तरंग दृश्यका लागि सहमत भएकी हुन्। यद्यपि यो विषयमा निर्माताले मुख खोलेका छैनन्।
रुसो ब्रदर्शको यो सिरिजको हिन्दी नाम के हुन्छ भन्ने निश्चित भइसकेको छैन। अनटाइटल्ट यो सिजिलाई क्रिएटर्स राज र डीकले निर्देशन गरिरहेका छन्। यसको कथा सीता आर मेननले राज र डीकेसँग मिलेर कथा लेखेका हुन्। सामन्थाले यसअघि राज–डीकेसँग वेब सिरिज ‘द फेमिली मेन २’मा काम गरिसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment