स्विजरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

डिसी नेपाल
८ जेठ २०८० २०:३८
136
Shares

काठमाडौं । स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ घर भई हाल बाँके कोहलपुर नगरपालिका ११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई पक्राउ गरिएको हो । उनलाई वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले पीडितलाई वैदेशिक रोजगारका लागि स्विजरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम लगाइदिन्छु र मासिक एक लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ७ लाख २० हजार रुपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका २६ गोंगबुबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *