तीन करोडमा बिकेको थियो माधुरीको मार डाला पहिरन
मुम्बई। फिल्मको चरित्रलाई निखार्न र सुन्दर बनाउन उसको पहिरनको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। त्यो पहिरन कुनै पनि भूमिकालाई कथामा स्थापित गराउन पनि प्रयोग गरिन्छ। फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ का राज र सिमरन होस् या ‘कजरारे कजरारे’मा ऐश्वर्या राय यी भूमिकाको कुरा गर्दा जोकोहीले उनीहरुका पहिरन सम्झन्छन्।
गब्बर सिंहदखि मोगेम्बोसम्म जस्ता कलाकारलाई पनि आफ्नो लोकप्रियता बढाउन पहिरनको भूमिका महत्वपूर्ण रह्यो। आधुनिक समयसँगै फिल्मको बजेट त बढ्यो नै, कलाकारलाई आकर्षक देखाउन पहिरनमा पनि लगानी बढ्न थाल्यो।
फिल्मलाई हिट बनाउन अभिनेता र अभिनेत्रीका पहिरनलाई विशेष ध्यान दिइन्छ। फिल्म हिट होस् या फ्लप, फिल्ममा सेलिब्रेटीको फेसनलाई दर्शकले कसरी हेरेका छन् भन्ने कुरामा पनि ध्यान दिइन्छ। धेरैलाई चासो हुनसक्छ, फिल्ममा कलाकारले लगाएका महंगा पहिरन सुटिङ पछि कहाँ प्रयोग गरिन्छ ? अथवा त्यसलाई के गरिन्छ ?
कुरा गरौं, फिल्म ‘देवदास’को। यो फिल्म सन् २००२ मा रिलिज भएका थियो। सञ्जय लिला भन्सालीको निर्माण तथा निर्देशन रहेको यो फिल्म बनाउन त्यस समयमा ५० करोड रुपैयाँ खर्च भएको थियो। फिल्मकी ‘चन्द्रमुखी’अर्थात् माधुरी दिक्षितले यो फिल्मको गीत ‘मार डाला’मा हरियो रंगको हेवी अनारकली सुट लगाएकी थिइन्। जुन पहिरनलाई तीन करोडमा बेचिएको थियो।
सलमान खान, अक्षय कुमार र प्रियंका चोपडा स्टारर फिल्म ‘मुझ से शादी करोगी’ हिट फिल्म मानिन्छ। फिल्ममा सलमानले अभिनय गरेको गीत ‘जीने के है चार दिन’ निकै हिट भएको थियो। यो गतिमा सलमानले तौलियाका साथ स्टेप गरेका थिए। यो तौलिया एक लाख ४५ हजारमा बिक्री भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment