पुष्पा २ मा रणवीर प्रहरी अधिकृत

डिसी नेपाल
१० जेठ २०८० १२:५३
3.5k
Shares

मुम्बई। साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन्। अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन्। फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन्।

रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए। फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन्। फिल्ममा रणवीरको भूमिका महत्वपूर्ण हुने बताइएको छ।

फिल्मका निर्देशक सुकुमारले फिल्मा ठूला ठूला कलाकारको केमियो हुने बताएका छन्। उनले फिल्मको तेस्रो सिक्वेल बनाउने पनि सोच बनाइरहेको खुलाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *