अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
१० जेठ २०८० १३:२९
180
Shares

काठमाडौँ। अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई पक्राउ गरेको छ।

भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाई-फुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरी सो कार्यको स्क्रिन रेकड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनुका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानीहरू गरी म्यासेज पठाई पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दु:ख, हैरानी र बेइज्जत गर्नुका साथै चरित्रहत्या गरेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई कास्की पोखराबाट पक्राउ गरेको हो।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *